कर्णालीमा डुंगा पल्टियो, ३ जना बेपत्ता एकको शव फेला

0
18

काठमाडौं – कर्णाली नदीमा आइतबार डुंगा पल्टिएको छ । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिला सहित ४ जना बेपत्ता भएकामा एक जनाको शव फेला परेको छ ।
शव भेटिनेमा एक महिला रहेकी छन् भने गर्भवती महिलासहित अन्यको अवस्था अज्ञात छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकिमा पठाईएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले रातोपाटीलाई जानकारी दिए । कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउने क्रममा डुंगा पल्टिएको उनले बताए । उनले भने, ‘विजौरामा आइतबार खोप लगाउने कार्यक्रम थियो । उनीहरु आफ्ना बच्चालाई नियमित खोप लगाउन विजौरा आउन लागेका थिए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here