करेन्ट लागेर एकै परिवारका दुइ सहित तीन जनाको मृत्यु

0
121

जनकपुरधाम – धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लाग्दा एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार करेन्ट लागि मृत्यु हुनेहरुमा स्थानीय शिवकुमार महतो, उनकि श्रीमती र एक कामदार रहेका छन् । महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनकि श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् । मृतक कामदारको पहिचान भने भैसकेको छैन।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान रहेको छ । विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीयले गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here