कमलादी बाट बरामद गरिएको १५ किलो सुन मध्ये आधा किलो मात्रै सक्कली अरु सबै नक्कली

0
163

काठमाडौं – प्रहरीले बरामद गरेको भनिएको १५ किलोमध्ये साढे १४ किलो सुन नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बरामद गरिएको सुन परीक्षण गर्दा नक्कली रहेको खुलेको बताए छन् ।
ज्ञवालीले जानकारी दिए अनुसार विस्कुट आकारको दर्जनाैँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली नै रहेको पुष्टि भएको छ । बाहिरबाट हेर्दा सुन सक्कली जस्तो देखिएपनि पित्तलमा जलप लगाएको पाइएको ज्ञवालीले बताएका छन् । प्रहरीले गोली नभएकाे दुई पेस्तोल पनि बरामद गरेकाे थियो। यसअघि प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सञ्चारमाध्यममा सूचना चुहाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here