कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु, ५२ जना अस्पताल भर्ना

0
11

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन्। कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह साहका अनुसार झाडापखालाका कारण कृष्णनगर –८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालकको मृत्यु भएको छ। झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन्। साथै उनले दूषित पानीका कारण झाडापखाला फैलिएको पनि बताएका छन्। ‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं,’ पाण्डेले भने । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको मेयर शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here