काठमाडौँ – साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ। बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।