कतारबाट फर्किए १ सय ५८ नेपाली

0
116

काठमाडौं- कोरोनाभाइरसको महामारीका कारण समस्यामा परेका एक सय ५८ जना नेपाली आज कतारबाट नेपाल फर्किएका छन् ।
हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे उनीहरु स्वदेश फर्किएका हुन् ।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो । नेपाली दूतावास दोहाका अनुसार यो पहिलो चरणको तेस्रो उडान हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here