कांग्रेस महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने

0
17
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

काठमाडौं – नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ, जसका लागि सभापतिमा मात्रै पाँच जना प्रतिस्पर्धामा रहेका छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामाे समय संस्थापन इतर खेमाकाे नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् । पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गरे । पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुटन् नसकेपछि पाैडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घाेषणा गरे। पौडेल रुष्ट भएपछि देउवा उनकाे निवास पुगेका थिए । देउवालाई आफूलाई सहयाेग गर्न वा अरुहरुकाे पक्षमा नखुल्न आग्रह गरेका थिए ।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here