आउनेभयो नेपालमा केटीएम ७९० ड्युक, भयो बुकिङ्ग खुल्ला , कति पर्छ मूल्य ? हेर्नुहोस

0
15

काठमाडौं – नेपाली बजारमा केटीएम ७९० ड्युक बाइक उपलब्ध हुने भएको छ। २३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसको बुकिङ खोलेको छ । भारतमा गत वर्ष लन्च भएको यो बाइक अब नेपाली बजारमा समेत उपलब्ध हुने भएको हो । बीएस४ इन्जिनयुक्त यो बाइक केही संख्यामा मात्र नेपाली बजारमा उपलब्ध हुनेछ । बीएस४ भन्दा पछिल्लो संस्करण उत्पादन नभएको र भारत भन्दा बाहेक अन्य देशमा यो बाइक पहिलो पटक उपलब्ध हुन लागेको हो । ग्राहकले केटीएमका विभिन्न स्थानमा रहेका सोरुम पुगेर बाइक बुकिङ गरे पश्चात यो बाइक नेपाल भित्रिने कम्पनी स्रोतको भनाइ छ । बाइकमा ७९९ सीसीको प्यारालल ट्विन इन्जिन रहेको छ, जसले १०३ बीएचपी पावर र ८६ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकमा ६-स्पिड गियरबक्स रहेको छ । केटीएमको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ । बाइकमा ३०० एमएम ड्युअल डिस्क ब्रेकसँगै जे जुआन क्लिपर्स दिइएको छ। पछाडि पांग्रामा २४० एमएम र अघिल्लो पांग्रामा ३०० एमएमको सिंगल डिस्क ब्रेक रहेको छ । बाइकमा स्लिपर क्लच असिस्ट, लिन सेन्सिटिभ ट्रयाक्सन कन्ट्रोल, चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेका छन् । सुपरमोटो राइडिङ मोडका कारण कर्नरिङमा पनि राइडिङ सहज हुन्छ। यसलाई स्पोर्ट, स्ट्रिट, रेन र ट्रयाक गरी चार राइडिङ मोडमा चलाउन सकिन्छ । केटीएम ७९० ड्युक बाइकको फ्रन्टमा ४३ एमएम अपसाइड डाउन टेलेस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here