ओली पुगे प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

0
9

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्ष दलका नेताबीचको भेटवार्ता समसामयिक राजनीतिका बारेमा नै हुने हो । अरु धेरै कुरा थाहा हुने विषय होइन’, बजगाईंको भनाइ छ । एमालेले सरकारले प्रतिपक्षसँग सल्लाह नगरी विभिन्न कानुनहरु निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here