ओलीसँग कुनै सहमति नभएको भन्दै प्रचण्ड द्वारा नेताहरुलाई ब्रिफिङ

0
119

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा भने प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको बताएका छन् । ‘हाम्रो कुनै सहमति भएको छैन, छलफल गरौंसम्म भनेको हुँ’ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here