ओलीले डाके भोलिको लागि सर्वदलीय बैठक

0
20

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिए।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गर्नुभएको छ। बिहान ११स्०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले लेखेका छन्। तर बैठकमा के विषयमा कुराकानी गर्न खोजिएको भन्ने कुराको भने अझै स्पष्ट हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here