ओरालो लाग्यो सुनको भाउ

0
10

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here