ओखलढुंगामा भीषण डढेलो, डढेलो जंगलबाट वस्तीतिर फैलँदै, नियन्त्रणमा समस्या

0
28

ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा भिषण आगलागी भइरहेको छ । रातमाटे, चुनिबोटेको वन क्षेत्रमा हिजो बेलुकाबाट डढेलो लागेको हो । स्थानीयस्तरमा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ । जंगलबाट सुरु भएको डढेलो चुनिबोटे बस्तीसम्म आइपुगेको र यसलाई रोक्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाले जानकारी दिए । उनले भने, “आगलागीलाई बस्तीतिर फैलन नदिने प्रयास भइरहेको छ । तर, आगो नियन्त्रण गर्न सकिएको छैन ।” चिशंखुगढी–४ की वडासचिव मञ्जिता आचार्यले दुर्गम भेगमा आगलागी भएकोले नियन्त्रणमा लिन कठिनाइ भएको बताइन् । घटनाबारे बुझ्न वडाध्यक्ष हिमाल राईसहितको टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिइन् । उनले भनिन्, “क्षति विवरण बुझ्न र नियन्त्रणको प्रयासका लागि जनप्रतिनिधि र स्थानीयबासीहरुले प्रयास गरिरहनुभएको छ । तर, दुर्गम भेग भएकोले कठिनाइ भएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here