एसिया कपः श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा प्रवेश

0
5

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । भारतले अब सुपर फोरको अन्तिम खेलमा आगामी शुक्रवार बङ्गलादेशसँग खेल्नेछ । फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो बिहीवार हुने पाकिस्तान र श्रीलङ्काबीचको खेलबाट लाग्नेछ । यो खेलमा जित्ने टोली फाइनलमा पुग्नेछ । यदि वर्षाका कारण खेल नभएमा श्रीलङ्का नेट रनरेटमा अघि रहँदै फाइनलमा पुग्नेछ । बङ्गलादेश भने दुवै खेल हार्दै बाहिरिसकेको छ । फाइनल खेल आइतवार हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here