एसईई खारेज गर्ने सरकारकाे प्रस्ताव

0
5

काठमाडौं- संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका लागि मंगलबार संसद्मा पठाएको विधेयक आज दर्ता भएको संसद सचिवालयले जनाएको छ । एसईई खारेज गर्ने प्रस्तावसहितको विद्यालय शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता भएको हो ।
नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ। यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी-एसईई हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here