एम्बुलेन्स दुर्घटनामा परि चालकको मृत्यु

0
18

ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ ।
गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको बताइएको छ ।
वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अहिले स्थानिय प्रहरी पुगिसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here