एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने

0
4
Bhim Rawal CPN-UML senior leader and a member of Task Force speaks to media after a meeting chair by Prime Minister Sushil Koirala on Thursday evening held at PM's Official Residence Baluwatar which formed a Task Force to resolve issues related to new Constitution. Photo: RSS

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको स्रोतले जनाएको छ। रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ । एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्। रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।
( रातोपाटिको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here