एमाले अध्यक्ष ओली र प्रभु साहबीच भेटवार्ता

0
13

काठमाडौं – नेकपा एमाले अध्यक्ष एबम पूर्व प्रधानमन्त्रि केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए । माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका थिए । ओलीले आफ्ना ८ बुँदे मागहरु पूरा नगरेकाले एमालेमा रहन नसकिने साहको भनाइ थियो । उनले एमाले बैठक समेत बहिष्कार गर्दै आएका थिए । तर आजको छलफलमा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेको र फेरि छलफलमा बस्ने सहमति भएको एमाले स्रोतले जनाएको छ।
(साभार : रातोपाटी डट कम )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here