एमाले अध्यक्षमा फेरी पनि केपी शर्मा ओली, सात सचिव निर्वाचित , गोकर्णको सर्बाधिक मत

0
5

चितवन – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो। नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै नो भोटमा ७५ मत खसेको छ। मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो। यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । यस्तै एमालेको सात सचिव पनि निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र प्दमाले समान ८०० मत पाएका छन्। लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here