एनसेलले सर्वोच्चमा दायर गरेको रिट स्थगितको सूचीमा

0
5
Web

काठमाडौं- आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन आज सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा एनसेल आजियाटा लि। को तर्फवाट रमेश घिमिरे समेतले दायर गरेको रिट आज पेशीको स्थगितको सूचीमा परेको हो । एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो । करिव तीन वर्षअघि दर्ता भएको रिट निवेदन यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएको थियो ।

ठूला करदाता कार्यालयले १० पुस २०७७ मा स्वामित्व परिवर्तन बापत ‘संशोधित कर निर्धारण’ किन नगर्ने भनी एनसेललाई पत्र पठाएको थियो । त्यही पत्रलाई चुनौती दिई एनसेल सर्वोच्च अदालत गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here