एनसेलले आफ्ना ग्राहकका लागि ल्यायो आकर्षक कम्बाे प्याक

0
19
Web

काठमाण्डाै – एनसेलले ग्राहकका लागि आकर्षक कम्बाे प्याक ल्याएकाे छ । एनसेल आजियाटा लिमिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई वटा आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको हाे । अफ नेट अर्थात् एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न अल नेट कम्बो प्याक लिन सकिने कम्पनीले जनाएकाे छ । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डाटा र ४०० वटा अल नेट एसएमएस सेवा ९९८ रुपैयाँमा लिन सक्छन् । १७११८७*३# डायल गरी यो प्याक लिन सकिन्छ ।

त्यसैगरी अन नेट अर्थात् एनसेलका नम्बरमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डाटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा ७९८ रुपैयाँ लिन सक्छन् । यो प्याक १७११८७*२# डायल गरी लिन सकिन्छ ।

यी दुवै कम्बो प्याकको अवधि २८ दिन रहेको छ । अनलिमिटेड भ्वाइस कलसहित डाटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here