एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ

0
20

काठमाडौं – काठमाडौंको मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् ।
आइतबार राति काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अनिललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत – अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here