एक वर्षमै २३ बच्चाका पिता बनेपछि अनुुसन्धानको घेरामा तानिए ​युवक

0
33

काठमाडौं – एक युवक एकै वर्षमा २३ बालबालिकाको जैबिक पिता बनेपछि यो विषयले निकै चर्चा पाएको छ भने ती युवक अनुुसन्धानको घेरामा तानिएका छन् ।
सुरुमा सौखले स्पर्म डोनेट (विर्य दान) गर्न सुरु गरेका उनले त्यसलाई पूर्ण पेसानै बनाए । घटना अष्ट्रेलियाको हो । एलन फाम नामक ती युवक स्पर्म डोनेट गरेर चर्चामा आएका हुन । आफ्नो नस्लका कारण महिलाहरु आफूलाई मन पराउँने गरेको उनको दाबी छ । डेली मेलको रिपोर्ट अनुसार एलेन आफै दुई बच्चाका बुबा हुन् । तर, उनले गोप्य रुपमा स्पर्म दान गरेर अरु महिलाबाट करिब २३ बच्चा पैदा गरेका छन् । उनले रेजिष्टर्ड फर्टिलिटी सेन्टरमा स्पर्म दान गर्छन । अस्ट्रेलियाको ब्रिस्बोनमा बस्दै आएका ४० वर्षीय एलनमाथि हाल अनुसन्धान भइरहेको छ । केही फर्टिलिटी क्लिनिकहरूले एलन विरुद्ध उजुरी दिएका थिए ।
उनीमाथि वैध क्लिनिक बाहेक गोप्य रुपमा पनि वीर्य दान गरेको र निर्धारित सीमा भन्दा बढी बच्चा उत्पादन गरेको आरोप छ । भिक्टोरियाको फेमिली कानूनमा एक व्यक्तिले केवल १० जनाको परिवार सिर्जना गर्न सक्ने उल्लेख छ । तर, एलनले भने वीर्य दान स्वीकार गर्नु आफ्ना लागि निकै कठिन हुने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here