‘एक दिन तिमी फर्की आउनेछौ’ भन्दै आइन लोकप्रिय गायिका रेखा शाह (भिडियो)

0
381

 काठमाडौं  – लोकप्रिय गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक गरेकी छिन । लोकप्रिय संचारकर्मी एबम लेखक भूपेन्द्र खडकाको रचना रहेको उक्त गीतमा संगीत भने लोकप्रिय गायक एबम संगीतकार सुगम पोख्रेलको रहेको छ। शाहले उक्त गीतलाई आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीतमा संगीत संयोजन सुजिल कर्माचार्यको रहेको छ । नितिन चन्दले म्युजिक भिडियो निर्देशन गरेका छन् । अभिनयमा गायिका शाहलाई नै देख्न सकिन्छ ।
गायिका शाहले गायन र अभिनय एकअर्काका परिपूरक रहेको उल्लेख गरेकी छिन् । रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादनमा तयार भिडियोलाई काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here