एक दिनमा कति पानी पिउनु स्वास्थ्यका लागि लाभदायक

0
13

एउटा स्वस्थ व्यक्तिका लागि २४ घण्टामा लगभग पाँच लिटर पानी आवश्यक पर्दछ । किनकी एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ । लगभग एक लिटर पानी स्वासप्रस्वासको क्रममा बाफ भएर उड्छ । एक लिटर पानी छालाबाट पसिना भएर बाहिर निस्कन्छ । एक लिटर पानी दिशा गर्ने बाटो भएर बाहिर जान्छ । यसरी हिसाव गर्दा दिनमा २४ घण्टामा लगभग पाँच लिटर पानी बाहिरिन्छ । यद्धपी बाताबरणीय मौसम र व्यक्तिको दैनिक क्रियाकलापले यसको मात्रामा केही थप घट हुनसक्छ । त्यसैले जति पानी बाहिर गयो त्यति नै पानी पिउनु पर्छ । अर्थात २४ घण्टाको अवधीमा हामीले ५ लिटरको हाराहारीमा पानी पिउनुपर्छ । यदि केही रोग छैन अर्थात स्वस्थ व्यक्ति हो भने । यहाँ बुझ्नु जरुरी छ कि पाँच लिटर पानी पिउनु भनेको सादा पानी मात्रै पिउनु भन्ने चाहि होइन । पानीसंगै हामीले खाने खानेकुराबाट पनि पानीको मात्रा शरीरमा गइरहेको हुन्छ । दुध, जुस, चिया, तरकारी, दाल आदि शरीरका लागि आवश्यक पानीका स्रोतहरु हुन् । त्यसैले यी सबै गरेर दिनमा पाँच लिटर जति शरीरमा पानी पुग्नुपर्छ । तर याद गर्नुस् यो मात्रा स्वस्थ व्यक्तिका लागि हो । यदि व्यक्तिमा रोग छ भने त्यो रोगको प्रकृति अनुसार पानी कम खानुपर्ने पनि हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here