एक दशकमा देशलाई कहाँ पुर्‍याउने, कांग्रेसले आर्थिक खाका ल्याउनुपर्छ: विनोद चौधरी

0
5

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले देशको आर्थिक अवस्थाम सूधार गर्न एक दशकमा गर्नुपर्ने कामको खाका नेपाली कांग्रेसले निर्माण गर्नुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै चौधरीले एक दशकमा गर्नुपर्ने कामको स्प्रष्ट खाका बनाउनुपर्ने बताएका हुन् । उनले उक्त कार्यको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने बताए । ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो? हाम्रो विकासको खाका कस्तो हुने हो? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन,’ उनले भने , ‘देशभित्र र बाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन्। यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here