एकीकृत समाजवादीको पदाधिकारीको टुंगो लाग्यो, महासचिवमा बेदुराम भुसाल, सचिवमा झाँक्री

0
4

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीले पदाधिकारी चयन गरेको छ। चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिएकी छिन् । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन चयन भएकी छन् । यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल चयन भएका छन् ।
सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन हुनु भएको छ। सचिवालयले टुङ्गो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here