‘एकता तोडेर नजाऊ साथी हो’ भन्दै आए लोकप्रिय गायक गायिका बैकुण्ठ महत र प्रिया भण्डारी

0
187

काठमाडौं- देश कम्युनिष्ट पार्टी भित्र भएको पछिल्लो राजनितिक घटनाक्रम सँग सम्बन्धीत नयाँ लोक गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गायक बैकुण्ठ महतको ‘एकता तोडेर नजाऊ साथी हो’ गीत सर्बजनिक भएको हो । राजनितिक घटनाक्रमसँग सम्बन्धीत बिषयवस्तुमा गीत तयार पारिएको छ । गीतमा कम्युनिष्टहरु एक जुट बन्न एकता नतोडन आग्रह गरिएको छ । भोका नांगा, शहिदको रगत र आकांक्षालाई धोका दिएर एकता नभाँड्न गीतमा सन्देश छ । देशमा समृद्धिका आशाहरु अघि बढिरहेको बेला एकताबाट टाढा नहुन आग्रह गरिएको छ । देशमा बिखण्डन बादि, अबसर बादिले फाइदा उठाउन खोजी रहेकाले अभियान छोडेर नहिन आग्रह गरिएको छ । गीतले मुख्य गरि कम्युनिष्टहरु एक जुट हुनुपर्ने मुख्य सन्देश दिएको छ । गीतकार एबम् गायक बैकुण्ठ महतको लय शब्द, स्वर रहेको गीतमा गायिका प्रिया भण्डारीको पनि स्वर रहेको छ । गीतको भिडियोलाई बिनोद बमले सम्पादन तथा निर्देशन गरेका हुन् भने छायांकन मुकुन्द कार्कीले गरेका हुन्। गीतलाई बिन्ध्यावासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here