एकतामा असहमति जनाउँदै विवेकशीलकी उपाध्यक्ष अजिता राईसहितको टोलीले पार्टी छोड्यो

0
33

काठमाडौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको बेला विवेकशीलकी उपाध्यक्ष अजिता राईसहितको टोलीले भने पार्टी छोडेको छ।
साझा पार्टीसँगको एकतामा सहभागी नहुने भन्दै राईसहितको टोलीले विवेकशील छोडेको हो। राईले पार्टी एकताको विषयमा फरक मत रहेको र त्यो सम्बोधन नहुने भएपछि अलग भएको बताइन्।
‘हामी १३ जना त्यहाँबाट अलग भएका छौँ,’ उनले भनिन्, ‘विगतमा रहेका समस्याहरु अहिले नै सबै हल नगरी पुन ः एक हुन जान नहुने कुरा हामीले राख्दै आएका थियौँ। कम्तीमा एक भइसकेपछि सबै कुराहरू मिलाएर दीर्घकालीन एकता हुनुपर्छ भन्ने हाम्रो कुरा थियो। तर, यहाँ हतार गरेर अरूको कुरा नसुन्ने भएपछि हामी अलग हुनु नै उपयुक्त लाग्यो।’
विवेकशील छोड्नेमा उपाध्यक्ष अजिता राई, सचिव (व्यवस्थापन) संगीता बाटाजु, संघीय समिति सदस्यहरू कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजय बाबु सिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ राई, शशि विक्रम कार्की, आलोक सुवेदी छन्।
साझासँगको एकतामा १३ जना सदस्य बाहिरिएपछि अब विवेकशीलबाट संघीय समितिमा रहेका २२ जना मात्रै सहभागी हुनेछन्। विवेकशीलको संघीय समिति सदस्यमा ३५ जना थिए।
दुई वर्ष अघि फुटेको साझा र विवेकशील पुन एक हुन लागेका छन्। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भइसकेको र चुनाव चिन्ह तराजु रहने दुई पार्टीबीच सहमति भइसकेको छ। दुवै पार्टीले पार्टी एकताको लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए। एकतापछिको पार्टीमा साझाका संयोजक रवीन्द्र मिश्र अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here