एएफसी सोलिड्यारिटि कप नेपालको हातमा

0
39

नोभेम्बर १५। मलेसियामा आज भएको एएफसी सोलिड्यारिटि कपमा नेपालले मकाउलाइ जिरोका बिरुद्ध एक गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। आज भएको ९० मिनटको खेलमा नेपालले मकाउमाथि राम्रो नियन्त्रण कायम गरेको थियो। तर पानी पानी भएको मैदान भएकोले धेरै गोल गर्ने अवसर भए पनि जम्मा एक गोल मात्र गर्न सफल भएको थियो। खेलको २९ औ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै आजको निर्णायक गोल बन्न पुग्यो। खेल मलेसियाको कुचिंगस्थित रंगशालामा सम्पन्न भएको थियो।

नेपालले गत माघ महिनामा बंगलादेशको बंघबन्धु कप जितेको थियो भने त्यसको लगत्तै साग फुटबलमा स्वर्ण कप हासिल गरेको थियो। एएफसी च्याम्पियनशिप संगै नेपालले यहि बर्ष ३ वटा उपाधि जित्न सफल भएको छ।