एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

0
8

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनारको मूल्यमा एकै पटक ४५ हजार रुपैयाँले कमी गरेको छ । गत भदौ १ देखि लागू हुने गरी पहिले २५ हजार रुपैयाँ कम मूल्य हुने भनिएकोमा फेरि त्यसलाई परिमार्जन गर्दै ४५ हजार रुपैयाँ मूल्य कमी गरिएको हो । बजाज डोमिनार २५० एबीएस बीएस६ को मूल्य पहिले ५ लाख ९४ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ४९ हजार ९ सय रुपैयाँ मात्र कायम गरिएको छ । बजेट पश्चात बढी सीसीका मोटरसाइकलको करमा कमी गरिएकाले समेत यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ।

डोमिनार २५० मा फुल एलईडी लाइटिङ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्प्लिट सिट र ट्विन पोड एक्जस्ट जस्ता फिचर उपलब्ध छन् ।सस्पेन्सनका लागि बाइकमा ३७ एमएम अपसाइड डाउन फ्रन्ट फोर्क्स र ब्याकमा प्रि–लोड एड्जस्टेबल मोनोसक दिइएको छ । बजाज डोमिनार २५० लाई आफ्नो सेगमेन्टमा मोस्ट भ्यालु फर मनी प्रोडक्ट मानिन्छ ।

यो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । दुवै ह्विलमा डिस्क ब्रेक छ भने सुरक्षाका लागि यसमा ड्युअल च्यानल एबीएस छ । बाइकमा बीएस६ कम्प्लायन्ट २४८.७७ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन छ । सो इन्जिनले २६.६ बीएचपी पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here