उपत्यकामा परिमार्जनसहित निषेधाज्ञा लम्बाइने

0
301

काठमाडौं- उपत्यकामा लागाइएको निषेधाज्ञा आज रातिबाट सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएपछि भदौ तीन गतेदेखि जिल्ला तीन वटै प्रशासनले निषेधाज्ञा जारी गरेका थिए। निषेधाज्ञाका विषयमा छलफल गर्न आज (बुधबार) पनि उपत्यकाका तीनवटै जिल्लाका प्रजिअरुको बैठक बस्दैछ।
बैठकले जारी निषेधाज्ञा केही परिमार्जन गर्ने बुझिएको छ। २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको भन्दै निषेधाज्ञा परिमार्जन गर्ने तयारी गरिएको हो।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मंगलबार निषेधाज्ञाको विषयमा छलफल समेत भएको थियो।
छलफलमा निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा छलफल भएको बताइएको छ।
निषेधाज्ञा परिमार्जनका विषयमा उठेका विषयमा थप स्पष्ट पार्न तथा परिमार्जन गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह सचिव महेश्वर न्यौपानेसँंग मंगलबार छलफल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here