उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली आज देखि हट्यो

0
32

काठमाडौँ -काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ। काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ। जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। जोर विजोर प्रणाली लागु भएसँगै अब कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यस्तै, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ, उनले भने । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन उनले आग्रहसमेत गरेका छन्। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ। यस्तै सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनपर्ने छ। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने प्रजिअ पराजुलीले बताए। उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी संचालन गर्न पाइने छ। यता, अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here