उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित, यसले क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरुको भनाई

0
104

काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा भmयाल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ । प्रदूषणको मात्रा यति धेरै बढेको छ कि यसले हामीमा क्यान्सरजस्तो घातक रोग गराउन सक्ने जानकारहरु बताउँछन् ।

सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ । त्यसैले केही दिनयता काठमाडौंमा यात्रा गर्नेहरु आँखा पोल्नेलगायतका समस्या झेलेका थिए ।
मन्त्रिपरिषद् बैठकले ३ माघ २०७६ मा पारित गरेको एक कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्युआई नाघेपछि विपदकाल घोषणा गर्ने भनिएको छ । तर, वातावरण मन्त्रालयकै तथ्यांकले एक्युआई ४०० नाघेको देखाउँदा पनि सरकार अहिलेसम्म चूप छ ।

उपत्यकाको प्रदूषित वातावरणमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग, चस्माको प्रयोग गर्न समेत उप महानिर्देशक जोशीको आग्रह छ । यस समयमा घरभित्र बस्दा बस्दा भ्mयाल ढोका लगाएर वा मस्कको प्रयोग गर्दा पनि राम्रो हुने उनी बताउँछन् ।

काठमाडौँ उपत्यकाको वातावरण प्रदूषित हुन नदिनका लागि वातावरण विभागले जनचेतनामूलक कार्यक्रम टोलटोलमा गर्ने उनले सुनाए । उपत्यकामा प्रदूषित धुवा सवारीबाट निस्कने भएकाले सवारी यातयातहरुलाई निगरानीमा राख्नुपर्ने उनले बताए । उपत्यकाको प्रदूषणमय वातावरण विहीबारसम्म विस्तारै घट्दै जाने उप—महानिर्देशक जोशीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here