उपत्यकाका विभिन्न क्षेत्रबाट जफत गरेको प्याज किलोको ६० रुपैयाँमै बिक्री गरिने एक व्यक्तिले ३ किलोमात्रै पाउने

0
22

काठमाडौं – सरकारले उपत्यकाका विभिन्न क्षेत्रबाट जफत गरेको १२ हजार किलो प्याज उपभोक्तालाई बेच्ने भएको छ। कृत्रिम अभाव गराएर कालोबजारी गरेको आरोपमा कालीमाटी र बल्खुबाट जफत गरिएको १२ हजार किलो प्याज खाद्य तथा व्यापार कम्पनीमार्फत आज (बुधबार)देखि बिक्री हुन लागेको हो।
व्यापार कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । एकजना ग्राहकले एक पटकमा तीन किलोसम्म मात्रै प्याज किन्न पाउने छन् । बिक्री मूल्यको ५२ रुपैयाँ सरकारको राजश्व खातामा जाने र ८ रुपैयाँ प्रतिकिलो भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पाीले जनाएको छ ।
भारतले भदौ अन्तिम साता प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा एकाएक भाउ बढेको थियो। त्यतिखेर थोक बजारमा किलोको ६० रुपैयाँ रहेको प्याजको भाउ एक सातामै १ सय १० रुपैयाँ पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here