उत्तर कोरियाले गर्‍यो लामो दूरीको क्षेप्यास्त्र प्रहार

0
5

एजेन्सी- उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र जापानी अधिकारीले उत्तर कोरियाले अज्ञात रूपमा लामो दूरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रहार गरेको पत्ता लगाएका हुन् । आफ्नो भूमिमा अमेरिकी जासुस विमानले घुसपैठको विरोधमा बदला लिने धम्की दिएपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो। कोरियाली प्रायद्वीपनजिकैको पानीमा आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने संयुक्त राज्य अमेरिकाको योजनाको निन्दा गर्दै उत्तर कोरिया पछिल्लो समय चिढिएको छ।

हालै अमेरिकी जासुसी विमानहरूले आफ्नो एयर स्पेसको उल्लंघन गरेको दाबी गरेपछि जासुसी विमान खसाल्ने उत्तर कोरियाले धम्की दिएको छ।

अमेरिकी योजनासँगै उत्तरले यो हप्तादेखि नै आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने र मे महिनामा सैन्य जासुसी उपग्रहलाई कक्षमा स्थापना गर्ने प्रयाससहित धेरै प्रतिबन्ध तोड्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here