उडिरहेको विमानभित्रै महिला यात्रुले चालक र यात्रुलाई हातपात गरेपछि…

0
24

एजेन्सी/लन्डन – बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु-याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट गरिएको हो । ती महिलाले बेलायती विमान जेट २ मा बच्चाहरु रोएको गुनासो गरेकी थिइन् । तर, उनी चाँडै कर्मचारीप्रति आक्रामक भइन् । उनलाई शान्त पार्ने सबै प्रयासहरू बिफल भएपछि चालक दलले उनलाई झार्न भियनातर्फ उडान डाइभर्ट गर्नुपरेको थियो । एक साक्षीले म्यानचेस्टर इभिनिङ न्युजलाई बताएअनुसार ती महिला उडानमा लगभग एक घण्टा २० मिनेट बाधक बनेकी थिइन । ‘त्यहाँ धेरै कोलाहल थियो,’ यात्रुले भने । ‘त्यसपछि उनी विमानको अगाडि पुगिन । उनी वास्तवमै कर्मचारीप्रति क्रुद्ध थिइन । कसैले उनको रिस शान्त पार्न सकेनन् । महिलाको व्यवाहारलाई लिएर एयरलाइनले क्षमायाचना मागेको छ। (समाचार स्रोत – नयाँ पुस्ता डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here