उच्च अदालत पाटनले दियो पूर्वसभामुख महरालाई सफाइ

0
31
Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

काठमाडौँ – उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो। २०७६ साल असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको रोशनीले प्रहरीलाई भनेकी थिइन्। प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here