उकालो लाग्यो सुनको भाउ

0
11

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ केहि उकालो लागेको छ। बुधबार तोलामा १ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज थोरै घटेर प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सोही सुन १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुन पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज सुनको भाउ बढेपनि आज चाँदीको भाउ बढे घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलको १३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here