उकालो लाग्दै सुनको मूल्य

0
8

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको भाउ केहि उकालो लागेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाँले बढेर रु ९७ हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८ सय रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन ९६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २६५ कायम रहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १ जहार २४५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here