इन्धनको मूल्य घट्यो

0
6
????????????????????????????????????

काठमाडौं- सरकारले हवाइ इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा साबिकको मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (प्रतिलिटर करिब २६ रुपैयाँ) ले घटेको छ । मूल्य समायोजनपश्चात् भारतको कोलकाताको हवाइ इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौंमा बिक्री हुने मूल्यप्रति लिटर ३.६९ रुपैयाँले सस्तो भएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here