इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर गयो बालकको ज्यान

0
105

जनकपुरधाम – इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् । सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्स मामा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेका थिए । छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । यसअघि बुधबार मात्रै सदरमुकाम मलंगवामा इँटा उद्योगमा खनिएको खाल्डोमा डुबेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो । मलंगवा नगरपालिका वडा नम्बर ११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here