आयोगले दियो नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका १० सांसदलाइ मान्यता

0
5

काठमाडौं – प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ (२ क) बमोजिम दल त्याग गरेको नमानिने भएको हो । आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, साबित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here