‘आमा छाती चिरिन्छ’ भन्दै आए लोकप्रिय गायक रामचन्द्र चन्द (भिडियोसहित)

0
14

काठमाडौँ- लामो समयपछि सांगीतिक बजारमा मन रुवाउने गीत ‘आमा छाती चिरिन्छ’ बजारमा आएको छ । विक्रमबाबु विश्वकर्माको मन रुवाउने शब्द र राजेन्द्र लस्साल क्षेत्रीकोे सुमधुर संगीत रहेको गीत ‘आमा छाती चिरिन्छ’ पछिल्लो पुस्ताका लोकप्रिय गायक रामचन्द्र चन्दको स्वरमा बजारमा आएको हो । विश्वकर्माले ‘आमा छाती चिरिन्छ’ … “पाइनौ हिजो दुखले गास किन्न, अहिले त्यही… गास बन्द भो सास किन्न छाती चिरिन्छ, आमा छाती चिरिन्छ… आमा तिम्रो दुधको भारा कहिले तिरिन्छ, कहिले तिरिन्छ … l बलिन्धारा आँशुले आँटो आधा खान्थ्यौ आमा… आधा खान्थ्यौँ, सम्झिँदा मन फाट्यो छाती चिरिन्छ, आमा छाती चिरिन्छ… ” जस्ता यर्थाथपरक शब्दलाई गीतको मालामा उनेर सुमधुर बनाएका छन् । नेपालको गाउँले परिवेश समेटिएको गीतले विशेषगरी अभावमा बितेको बिगत र बर्तमानमा सन्तानले भोगेको जीवनलाई समेटेको छ । निर्देशक बिनोद बमले गीतको भिडियोलाई समय सान्दर्भिक, निकै मार्मिक र गहन बनाएर स्रोता दर्शकमाझ पस्किएका छन् । पछिल्लो समय गीत अनुसारको भाव दिनसक्ने निर्देशक/सम्पादक भनेर आफ्नो छुट्टै पहिचान बनाएका बम यस गीतमा पनि अब्बल देखिएका छन्। सुमधुर स्वरका धनी गायक चन्दले संसारका सबै सुख त्यागेर सन्तानका लागि आफ्नो जीवन समर्पण गर्ने आमाको खाँतिर यो प्रिय शृजना निर्माण गरेको बताएका छन् । चन्दले भनेका छन्, “आमा भगवान हुन्, सन्तानको लागि सर्बसुख आमा धर्ति हुन्, नेपाली शब्दकोशका लाखौं शब्द मद्धेमा सबैभन्दा प्रिय शब्द हो आमा, हरेक प्राणीले कहिलै तिर्नै नसक्ने गुण उसको आफ्नै आमाले निस्वार्थ लगाएको गुण मात्रै हो भनेर भन्दा अत्युक्ति नहोला। संसारका सबै सुख त्यागेर आफ्नो सन्तानको लागि आफ्नो जीवन समर्पण गर्ने आमाको खाँतिर यो प्रिय शृजना निर्माण गरेका छौं। सम्पुर्ण भगवान रुपी दर्शक श्रोता हरुमाझ दशऔंली जोडेर हार्दिक अनुरोध गर्दछौं, हाम्रो शृजना हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला” l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here