आमाको सम्झनामा गायिका मञ्जु पौडेलले सार्वजनिक गरिन ‘बाबाको आँगनी’

0
5

काठमाडौँ – लोकप्रिय गायिका मञ्जु पौडेलले आफ्नो नयाँ तीज गीत सार्वजनिक गरेकी छन्। आमाको सम्मान र सम्झनामा अति मार्मिक र सान्दर्भिक गीत ‘बाबाको आँगनी’ पौडेलले बजारमा ल्याएकी हुन् । लामो समयदेखि संघर्ष गरेर सफलता हासिल गरेकी सामाजिक अभियन्ता, सफल उद्घोषिका साथैं मौलिक लय शब्द र स्वरबाट आफनो अलग पहिचान बनाउन सफल लोकप्रिय कलाकार पौडेलले आफनै आमाको सम्मान र सम्झनामा तिजको अति मार्मिक गित ‘बाबाको आँगनी’ ल्याएकी हुन । मञ्जु पौडेलको आफ्नै स्वर रहेको उक्त गितको शब्द शिव हमालले लेखेका हुन भने लय संकलन पौडेलकी स्व.भगवती देवी ज्ञवालीको हो । यसैगरि गितको संगीत संयोजन सुदिप सागरले गरेका छन भने ध्वनी मिश्रण श्यामश्वेत रसाइलीको रहेको छ । गीतको भिडियोमा अभिनय मञ्जु पौडेल र अनुशा पौडेलले गरेका छन भने निर्देशनको काम दुर्गा पौडेलले सम्हालेका छन । यसैगरि कोरियोग्राफी लोकन्द्र शाहको छ भने श्रृगार प्रतिक्षा भट्टराईको रहेको छ र संपादन नविन घर्ति मगरले गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here