आफ्नो मायालुलाई नेट अन गर भन्दै आए गायक सुन्दर परियार (भिडियो)

0
352

काठमाडौँ- नेपाली लोक दोहोरी गीतमा निकै रुचाइएकी गायिका देवी धर्ति मगर र गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ डान्सिङ गीत ”अन गर है नेट ” को भिडियो सार्वजनिक भएको छ ।
प्रेमी प्रेमिका विचको भावना आदान प्रद्धान गर्नको लागी सहयोगी माध्यम बनेको सामाजिक सञ्जाललाई गीतमा समावेश गरिएको छ । आफनो प्यारो प्रेमीलाई भेटनको लागी आफु नै आतुर रहेको कुरा गीतमा गायिकाले गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । निकैनै आकर्षक रुपमा तयार पारिएको भिडियो विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ ।
राहुल राईको छायाँकन , विरेन्द्र भाट विपिनको सम्पादन तथा नारायण रिजालको निर्देशन भिडियोमा रहेको छ । ”अन गर है नेट ” गीतको भिडियोमा अहिले की चर्चित मोडल पावर्ति राई , अमृत लामा , सोना लामा र सुरज पर्वत छिनालको अभिनय रहेको छ ।

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here