आफ्नै छोरालाई एसिड प्रहार गरेको आरोपमा पक्राउ परे बाबु

0
9

सोलुखुम्बु – आफ्नै छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् । पक्राउ परेका बाबु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here