आफैले अध्यन गर्ने स्कुलको बसले किच्दा एक विद्यार्थीको मृत्यु

0
30

काठमाडौं -ललितपुर जिल्लाको गोदावरी नगरपालिका स्थित वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे रहेका छन् ।
मंगलबार बिहान करिब सवा ९ बजेतिर छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घिमिरेले एलकेजीमा पढ्दथे ।
विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।
चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध समेत गरेका थिए । अहिले स्थितिमा नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here