आफैंले मुख्यमन्त्री पाएमात्रै कोशीका सभामुख गौतमले राजीनामा दिने

0
5

काठमाडौं- कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समय सीमा सकिनै लाग्दा पनि कुनै दलले कुनै दलले बहुमत जुटाउन सकिरहेका छैनन् ।

प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमत पुर्याउने तयारी सत्ता गठबन्धनको रहेको छ । सभामुख गौतमलाई राजीनामा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले दवाब दिइरहेको गौतमले बताए ।

अरुलाई मुख्यमन्त्री बनाउनका लागि आफूले सभामुखबाट राजीनामा नदिने उनको भनाई छ ‘सत्तारुढ गठबन्धनले विकल्प सही तरिकाले दिन पर्यो । समाधानसहितको विकल्प दिन पर्यो,’– उनले भने ।

आफूले राजीनामा दिएपनि एक महिनाभन्दा प्रदेश सरकार नचल्ने उनको दाबी छ । ‘एक महिनाभन्दा बढी सरकार चल्ने अवस्था छैन । अहिले किन निरन्तर दवाब आइरहेको छ ? विश्वासको मत लिने आधार देखिँदैन,’– उनले भने ।

गौतमले सभामुखबाट राजीनामा गरे मन्त्री बनाउने सत्ता गठबन्धनको नेताहरुले आश्वासन दिएका छन् । तर, आफू सभामुख भइसकेको मान्छे मन्त्री नबन्ने उनको भनाई छ । पाए मुख्यमन्त्री बन्ने नपाए मन्त्रीका लागि आफूले राजीनामा नदिने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here