आफूलाई हटाउन भारत लागिपरेको प्रधानमन्त्री ओलीको दाबी

0
20

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारत आफूलाई हडाउन लागेको दाबी गरेका छन् । नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय राज्यसंयन्त्र, त्यहाँका मिडिया र बुद्धिजिवी आफूविरुद्ध अचम्मसँग सक्रिय भएको प्रधानमन्त्रीको दाबी छ ।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा ओलीले भने, ‘हामीले नक्सा सच्चायौँ । यसलाई संवैधानिक रुप दियौँ । त्यसपछि हप्ता १५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीविको कुरा सुन्नुभएकै होला । भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ । यसका लागि होटलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’
तर, आफूलाई हटाउन त्यति सजिलो नभएको पनि उनले चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई कसैले हटाउछु भनेको छ भने त्यो नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस्,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here